घर संसार

२०७४-०१-८ मा प्रकाशित     १७२२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

साना कोठा सजाउने तरीका

घरमा हरेक कोठाको आफ्नै महत्त्व हुन्छ । कोठाको प्रयोजनअनुसार फरकफरक फर्निचर तथा सजावटका सामग्री राख्नुपर्ने हुन्छ । कोठा सानो छ भने फर्निचर राख्दा धेरै कठिनाइ पर्छ । साना कोठाको आकार ठूलो देखाउने तथा सजाउने पाँच तरीका यहाँ उल्लेख गरिएको छ :

वाल पेण्ट
भित्तामा राति शान्ति र दिउँसो ताजगी महसुस गराउने रङको प्रयोग गर्नुपर्छ । सानो बेडरुममा सेतो, क्रीम तथा खैरो रङको प्रयोग गर्नु राम्रो हुन्छ । तर, कालो रङको प्रयोग विल्कुलै गर्नु हुँदैन ।

लाइटिङ
पलङको नजिक लाइट राख्नुहोस् । त्यस्तै, बत्तीलाई झुण्ड्याएर राख्न पनि सकिन्छ । यसले कोठाको धेरै ठाउँ बच्छ र ठूलोसमेत देखिन्छ ।

बेड
बेडरुमको साइजअनुसार पलङको छनोट गर्नुपर्छ । भित्रपट्टि धेरै सामान राख्न सकिने पलङको प्रयोग गर्दा धेरै फाइदा हुन्छ । साथै, साना कोठाका लागि तपाईं फोल्ड गर्न मिल्ने पलङको प्रयोग गर्न सक्नु हुन्छ । यसबाट बेडरुममा खाली ठाउँ बच्छ, जसले कोठा ठूलो र छरितो देखिन्छ ।
 
दराज
उच्चस्तरको दराज खरीद गर्नुहोस्, जसमा धेरै ठाउँ उपलब्ध होस् । दराजमा कपडा तथा अन्य वस्तु राख्न प्रशस्त ठाउँ हुनुपर्छ ।

भित्ता
भित्तामा सानासाना अलमारी बनाउनुहोस्, जसमा सजावटका सामान राख्न सकियोस् । यसबाट तपाईंले थप ठाउँ बचाउन सक्नुहुनेछ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »