लगानी

२०७४-०१-८ मा प्रकाशित     ६९५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन तथा विक्री खुल्ला वैशाख ७ गतेदेखि भएको छ । कम्पनीले प्रतिकित्ता रू. १ सय अङ्कित दरमा १ लाख २० हजारबराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो ।  सोमध्ये कम्पनीले ४ प्रतिशतको ४ हजार ८ सय कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतको दरले ६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरेको छ । कम्पनीको बाँकी १ लाख ९ हजार २ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । निष्कासन बन्द छिटोमा २०७४ वैशाख ११ गते र ढिलोमा २०७४ वैशाख २१ गते हुनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ६ सय कित्ता शेयरका लागि दरखास्त दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनसीएम मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । आईपीओ निष्कासनमा कुमारी बैङ्क लिमिटेड रहेको छ । इच्छुक व्यक्तिले शेयर रेजिष्ट्रारका साथमा एनसीएम मर्चेण्ट बैङ्किङ लिमिटेड कमलपोखरी, महुली सामुदायिक लघुवित्त संस्था सप्तरी, गाईघाट, भोजपुर, दिक्तेल, खनियाँखर्क, सन्राइज बैङ्क लिमिटेड बौद्ध काठमाडौं, कालिमाटी, महाराजगञ्ज, लगनखेल, सुकुल ढोका भक्तपुर, पोखरा कास्की, विराटनगर, मोरङ, बुटवल रुपन्देही, भरतपुर, चितवन, वीरगञ्ज, पर्सा, बिर्तामोड, झापा, महेन्द्रनगर कञ्चनपुर, धनगढी, कैलाली, नेपालगञ्ज, बाँके, गाईघाट उदयपुर, लहान, सिरहा, राजविराज, सप्तरी, इटहरी सुनसरी र आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट पनि सो शेयरका लागि आवेदन दिन र बुझाउन सकिन्छ ।   

कम्पनीको  चुक्तापूँजी रू. २ करोड ८० लाख रहेको छ । कम्पनीको आईपीओ जारी गरी बाँडफाँट गरेपश्चात् चुक्तापूँजी रू. ४ करोड पुग्नेछ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

लगानी

4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »