लगानी

२०७४-०१-८ मा प्रकाशित     ४१४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

बिहीवार नेप्सेमा १ करोड ६९ लाख बोनस शेयर सूचिकृत

वैशाख ७, काठमाडौं । बिहीवार नेप्सेमा ११ कम्पनीको १ करोड ६९ लाख १७ हजार ५ सय ६६ दशमलव ३ कित्ता बोनस शेयर सूचिकृत भएको छ । बोनस शेयर सूचिकृतसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ पनि नेप्सेमा सूचिकृत भएको छ ।

वैशाख ७ गते नेप्सेमा बोनस शेयर सूचिकृत हुने कम्पनीहरूमा नेपाल एसबीआई बैङ्क लिमिटेडको १ करोड ८ लाख ८९ हजार २ सय ७२ कित्ता, अल्पाइन डेभलपमेण्ट बैङ्क लिमिटेडको ३ लाख २९ हजार ३ सय ५३, पूर्णिमा विकास बैङ्क लिमिटेडको ४ लाख ९८ हजार २ सय २० दशमलव ५४ कित्ता सूचिकृत भएको छ ।

साना किसान विकास बैङ्क लिमिटेडको १० लाख ६ हजार १ सय २४ दशमलव ६९ कित्ता, समिट माइक्रो फाइनान्स डेभलपमेण्ट बैङ्कको २ लाख २५ हजार, सहारा विकास बैङ्कको ५७ हजार ३ सय ४८, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २ लाख, सेण्ट्रल फाइनान्सको ५ लाख ५५ हजार २ सय ४ दशमलव १४ कित्ता सूचिकृत भएको छ ।

त्यसैगरी, लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडको १४ लाख ४३ हजार ७ सय ५० कित्ता, गु⋲येश्वरी मर्चेण्ट एण्ड बैङ्किङ फाइनान्सको ५ लाख २८ हजार ७ सय ३० दशमलव ९२ कित्ता र बुटवल पावर कम्पनी लिमिटेडको ११ लाख ८४ हजार ५ सय ६३ कित्ता नेप्सेमा सूचिकृत भएको छ । अब लगानीकर्ताहरूले यी शेयर कारोबार गर्न सक्ने भएका छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

लगानी

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »