लगानी

२०७४-०१-८ मा प्रकाशित     २८३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सातामा परिसूचकसँगै कारोबार पनि घट्यो
गत साताको मैनबत्ती चित्त हेर्दा अन्तिम दिनमा पुच्छ«र र लामो टुप्पी भएको कालो मैनबत्ती चित्र बनेको छ । यसले आगामी दिनमा बजार घट्ने सङ्केत गर्दछ ।

वैशाख ८, काठमाडौं । गत साता नेप्से परिसूचक ओरालो लाग्यो । चार दिनको कारोबारमा बुधवार भने बजारमा उच्च वृद्धि देखापरेको थियो । अस्थिर राजनीतिका कारण शेयर बजारमा उतारचढाव देखिएको हो । सो साता परिसूचक घटेसँगै काराबोरमा पनि कमी आएको थियो । अघिल्लो साताको अन्तिम दिनको तुलनामा गत साताको अन्तिम व्यापार दिनमा लगानीकर्ताको सम्पत्ति २ प्रतिशतले घटेको थियो भने कारोबार रकममा ६ दशमलव ६१ प्रतिशतको कमी देखिएको छ ।

सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ६३ दशमलव ५६ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । गत साता नेप्से परिसूचक ३८ दशमलव ७९ अङ्क घटेको हो । अघिल्लो साताको अन्तिम दिन १ हजार ६ सय ९७ दशमलव १३ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ६ सय ५८ दशमलव ३४ विन्दुमा पुगेको थियो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक ६ दशमलव ७३ प्रतिशतले बढेको थियो । सातामा बैङ्किङ, जलविद्युत र ‘अन्य’ समूह बाहेक सबै समूहको परिसूचक बढेको थियो ।

सातामा बीमा समूहको परिसूचक सर्वाधिक १ सय ४१ दशमलव ९१ अङ्क बढेको थियो । साथै, विकास बैङ्क समूहको परिसूचक २२ दशमलव ५७ अङ्क, होटलको ४८ दशमलव ६१ अङ्क, वित्त कम्पनीको ८ दशमलव ४१ अङ्क र उत्पादन तथा प्रशोधन समूहको १२ दशमलव ९३ अङ्क बढेको हो । त्यस्तै, बैङ्किङ समूहको परिसूचक १ दशमलव २१ अङ्क, जलविद्युतको ४ दशमलव ९७ अङ्क र ‘अन्य’ समूहको ३ दशमलव ७६ प्रतिशत घटेको थियो । गत साता ३३ हजार ८ सय ३१ कारोबारबाट १ सय ५४ कम्पनीहरुको ७५ लाख १६ हजार ७ सय ५० कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट रू. ५ अर्ब १८ करोड १७ लाख ३५ हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ३७ दशमलव ६९ प्रतिशत कम हो । अघिल्लो साता १ सय ५३ कम्पनीहरुको ५० हजार ६ सय २ कारोबारबाट १ करोड ४० लाख ५१ हजार ७ सय ४० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू. ८ अर्ब ३१ करोड ६६ लाख ११ हजार बराबरको कारोबार भएको थियो ।

सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन शून्य दशमलव ७१ अङ्कले बढेर ३ सय ५८ दशमलव शून्य ३ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इण्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन शून्य दशमलव २७ अङ्कले बढेर १ सय २३ दशमलव ९५ अङ्कमा पुगेको हो । सो साता कारोबार रकम, कारोबार भएको शेयर सङ्ख्या र कारोबार सङ्ख्याका आधारमा नेपाल क्रेडिट एण्ड कमर्शियल बैङ्क अग्रस्थानमा रहेको छ । यस वाणिज्य बैङ्कले गत साता रू. २१ करोड ७७ लाख ८० हजार बराबरको शेयर कारोबार गरेको थियो । साथै, कारोबार भएको शेयर सङ्ख्याको आधारमा उक्त बैङ्कको ५ लाख १ हजार कित्ता शेयर खरीद विक्री भएको थियो । त्यसैगरी, कारोबार सङ्ख्याको आधारमा यस बैङ्कले १ हजार ४ सय ८९ ओटा कारोबार गरेको थियो ।
 

गत साताको समूहगत परिसूचक :

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »