बजार

२०७४-०१-२४ मा प्रकाशित     ४२८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख २४, काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यहाँ सञ्चालन गरेको दुईदिने तालिम आइतबार सम्पन्न भएको छ । 

आगामी जुन १ देखि ४ सम्म आयोजना हुने ‘हिमालयन ट्राभल मार्ट–२०१७’ तथा इन्टरनेशनल ट्राभल ब्लगर्स एण्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि आवश्यक विविध विधामा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले शुरु गरेको ‘क्यापासिटी बिल्डिङ इन माइस् टुरिजम’ अभियानअन्तर्गत सो तालिम दिइएको हो । एशियाली माइस् इण्डस्ट्रिजमा प्रख्यात व्यक्तित्व एवम् विज्ञ थाइल्याण्डका डा बर्ट भान वालबिकले सो तालिममा प्रशिक्षण दिएका थिए । 

नेपाल एयरलाइन्स, होटल माया मेनोर र मिड भ्याली इन्टरनेशनल कलेजको सहयोगमा पाटा नेपालद्वारा सञ्चालित सो तालिममा विद्यार्थीहरू, एयरलाइन्स, होटल तथा पर्यटन बोर्डका गरी करीब ७० जनाको सहभागिता रहेको थियो । सो अवसरमा पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले विद्यार्थीको व्यक्तित्व विकास र हिमालयन ट्राभल मार्टको सफल आयोजनाका लागि आवश्यक जनशक्ति निर्माण गर्न तालिम उपयोगी हुने बताए । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »