समाचार

२०७४-०२-३ मा प्रकाशित     ४६३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

जेठ २, उदयपुर (अस) । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय उदयपुरले निःशुल्क लघु उद्यम दर्ता सेवा चालू आर्थिक वर्षमा शुरू गरेको छ । निःशुल्क रूपमा दर्ता गरिने यस्ता लघु उद्यमको ५ वर्षसम्म आयकरसमेत छूट हुने कार्यालयले जानकारी दिएको छ ।

चालू आवको असार मसान्तभित्र नेपालभरि १ लाख लघु उद्यमी दर्ता गर्ने नेपाल सरकारको लक्ष्यअनुसार निःशुल्क दर्ता सेवा सञ्चालन गरिएको कार्यालयका निर्देशक नवराज राउतले बताए । गत चैत १६ गते त्रियुगा नगरपालिका–८ की सरिता खड्काको नामको नमूना कुटानी पिसानी राईस मिल दर्ता गरी प्रमाणपत्र प्रदान गरेर सेवाको औपचारिक रूपमा शुरूआत गरिएको कार्यालय प्रमुख राउतले बताए । उद्यमी खड्काले निःशुल्क रूपमा दर्ताको प्रमाणपत्र समेत लिइसकेकी छिन् । उनी निःशुल्क उद्योग दर्ता गर्ने जिल्लामा पहिलो उद्यमी भएकी छिन् ।

औद्योगिक व्यवसाय ऐन २०७३ बमोजिम घरजग्गाबाहेक ५ लाख रुपैयाँसम्म स्थिर पूँजी रहेको, उद्यमी स्वयम् व्यवस्थापन र सञ्चालनमा रहेको, आफूसहित ९ जनासम्म कामदार रहेको उद्योगलाई दर्ता गरिन्छ । साथै, ५० लाखभन्दा कम कारोबार रहेको उद्योगलाई लघु उद्यमअन्तर्गत दर्ता गर्ने नीति रहेको निर्देशक राउतले जानकारी दिए ।

निर्देशक राउतका अनुसार आजको मितिसम्म करीब ५१ जना उद्यमीहरू निःशुल्क रूपमा उद्योग दर्ता गराइसकेका छन् । निःशुल्क उद्योग दर्ता गर्न आउनेमा कृषि, सिलाइकटाइ, ब्युटिपार्लर, दालमोठ भुजिया, पाउँरोटी, ग्रील, फर्निचर, चाउमिनलगायतका क्षेत्रको रहेको निर्देशक राउतले बताए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »