विविध

२०७४-०३-१ मा प्रकाशित     १२४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

काठमाडौं (अस) । महोत्तरीको औरी गाउँपालिका–२, फूलबरियाकी ब्युटीपार्लर व्यवसायीमाथि गत सोमवार सामूहिक बलात्कार गर्ने दोषीलाई कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारसँग माग गरेको छ । व्यवसाय स्थलमा नै आएर ६ जना अज्ञात व्यक्तिले सामूहिक बलात्कार गरेको घटनाप्रति महासङ्घका कार्यवाहक अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीले बुधवार गृहमन्त्री जनार्दन शर्मालाई भेटेर ज्ञापनपज्ञ बुझाएको छ । महासङ्घले घटनामा संलग्न दोषीलाई शीघ्र पक्राउ गरी कानूनबमोजिम सजाय दिनुका साथै निजलाई क्षतिपूिर्तको व्यवस्थासहित स–सम्मान रूपमा व्यवसायिक सुनिश्चितता दिलाउन माग गरेको छ । ‘यस महासङ्घ उद्यमी व्यवसायीलगायत आम सर्वसाधारणको सुरक्षित जीवनयापन गर्न पाउने अधिकारको पूर्ण प्रत्याभूति हुनका लागि नेपाल सरकारसमक्ष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »