शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
Administrator
Posted on: Feb 05, 2012

माघ २१, काठमाडौं । नेपाल टेलिकमको आठौं वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा सचेतना र्‍याली निकालियो । काठमाडौंको वसन्तपुर बाट शुरु भएको सो र्‍याली टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा पुगेर सकिएको थियो । र्‍यालीको शुभारम्भ गर्दै टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिहंले टेलिकमले सस्तो महशुलमा सुलभ सेवा प्रदान गर्न विभिन्न योजना ल्याउन लागेको जानकारी पनि दिए ।

नेपाल टेलिकम राष्ट्रको सञ्चार, नेपाल टेलिकमकको सेवा : राष्ट्र निर्माणको टेवा, ग्राहक सेवामा समर्पित, स्वदेशको आम्दानी स्वदेशमै लगानीजस्ता सन्देश लेखिएका प्लेकार्ड र्‍यालीका सहभागीले बोकेका थिए ।

रासस