शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
Administrator
Posted on: Feb 05, 2012

माघ ३, काठमाडौं (अस) । सवंधौनिक समितिको मङ्गलवार बसेको बैठकले केन्द्रमा रहने संसद्को समग्र स्वरूपलाई व्यवस्थापिका–संसद्का रूपमा राख्ने सहमति जुटाएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको समितिको बैठकमा १८ वर्ष उमेर पुगेकालाई निर्वाचनमा भाग लिन पाउने मताधिकार दिने सहमतिसमेत जुटेको छ । बैठकले व्यवस्थापिका– संसद्अन्तर्गत रहने दुई सदनात्मक व्यवस्थामध्ये तल्लो सभालाई प्रतिनिधिसभा नाम राख्ने सहमति जुटाए पनि माथिल्लो सभालाई राज्यसभा वा अन्य के भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । बैठकपछि समितिका सदस्य लक्ष्मणलाल कर्णले सञ्चारकर्मीसँग भने, ‘विवादित अन्य विषयलाई छलफल गरी टुङ्ग्याउँदै लैजाने सहमति भएको छ ।’


समितिअन्तर्गतको विवाद समाधान उपसमितिले सहमति जुटाइसकेका अधिकांश विषयमा एमाओवादीका उपाध्यक्ष मोहन वैद्यपक्षधर नेताहरूको विरोधका कारण यसअघि बसेका बैठकमा कुनै सहमति हुन सकेको थिएन ।