शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
Administrator
Posted on: Feb 06, 2012

माघ २२, काठमाडौं (अस) । संवैधानिक समितिको आइतवारको बैठक मुख्य विषयमा प्रवेश नै नगरी टुङ्गीएको छ । बैठकमा एमाओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताले आइतवार बस्ने तीन दलको बैठकमा संविधानका विवादित विषयहरूमा सहमति जुटाउने धारणा राखेपछि बैठक स्थगित भएको हो । भावी संविधान निर्माणमा शासकीय स्वरूप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा दलहरूबीच विवाद कायमै रहेको छ ।

विवाद समाधान उपसमितिले सहमति जुटाइसकेका केही अन्य विषयमा समेत माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर नेताले पुनः असहमति जनाउँदै आएका छन् । ‘तीन दलका नेताले बैठकमा संविधानका विवादित विषयमा सहमति जुटाउन घनिभूत छलफल गर्ने बताएपछि आज (आइतवार)को बैठक विषयवस्तुमा अगाडि बढने ,’ तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले भने ।