फागुन ६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको दाना गाविसको रुपसे छहरामा भ्यू टावर बनाउन थालिएको छ । बेनी– जोमसोम सडकछेउमा पहाडबाट छाँगो बनेर करीब ३ सय मिटर तलसम्म बगेको रुपसे छहरा अवलोकन गर्न आउनेको सुविधाका लागि टावर बनाउन लागिएको हो । टावरसँगै रुपसे छहराको अवलोकनका लागि वारि र पारि पदमार्ग पनि निर्माण गरिने भएको छ । पर्यटन कार्यालय, पोखराको रु. ८ लाखको सहयोगमा आगामी असार मसान्तभित्र सो निर्माण सक्ने लक्ष्य छ । रासस