शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
Administrator
Posted on: Feb 19, 2012

फागनु ६, काठमाडौं । गत माघ महीनामा भन्सारबाट भएको राजस्व असुली लक्ष्यभन्दा साढे २ प्रतिशत कम भएको छ । सो महीनामा विभित्र भन्सारबाट गरी कुल रू. ८ अर्ब १२ करोड ७१ लाख राजस्व असुली भएको भन्सार विभागले बताएको छ । राजस्व उठ्ती लक्ष्य भने रू. ८ अर्ब ३४ करोड १६ लाख थियो ।
गत आव २०६७÷६८ को माघमा भन्सारबाट रू. ७ अर्ब ७९ करोड ३४ लाख राजस्व उठेको थियो ।

भन्सार कार्यालयहरूले भन्सार महशुल, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क कर सङ्कलन गर्दै आएका छन् । गत महीना इन्धनको अभाव भई सामान ढुवानीमा समस्या परेकोले भन्सारबाट सङ्कलन हुने महशुल लक्ष्यभन्दा कम सङ्कलन भएको विभागले बताएको छ । सोका अतिरिक्त तेस्रो मुलुकबाट आयात गरिएका ६ सय कण्टेनर सामान १० दिनदेखि कोलकाता बन्दरगाहमा अलपत्र परेकोले पनि महशुल सङ्कलन लक्ष्यबराबर हुन नसकेको विभागको भनाइ छ ।


गत महीना मूल्य अभिवृद्धिकर (भ्याट) र भन्सार महशुलबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भए पनि अन्तःशुल्क ९ दशमलव ९ प्रतिशतले घटेकाले समग्र भन्सार राजस्व घटेको हो । समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर ५ दशमलव ७५ र भन्सार कर २ प्रतिशतले बढेको विभागले जानकारी दिएको छ ।


प्रमुख १० भन्सार कार्यालयमध्ये नेपालगञ्ज, कैलाली, त्रिभुवन विमानस्थल, मेची र पर्सा सुक्खा बन्दरगाह (ड्राइपोर्ट बाट माघमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ । तर, वीरगञ्ज, विराटनगर, भैरहवा, कृष्णनगर र तातोपानी भन्सार कार्यालयबाट भने लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएका छन् ।


तथ्याङ्कअनुसार भन्सार कार्यालयहरूमध्ये प्रतिशतका आधारमा लक्ष्यभन्दा सबैभन्दा बढी त्रिभुवन विमानस्थल भन्सार कार्यालय र सबैभन्दा कम वीरगञ्ज भन्सार कार्यालयले राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले असुली गरेको राजस्व लक्ष्यभन्दा करीब १६ दशमलव २८ प्रतिशतले कम भए पनि रकमका दृष्टिले सबैभन्दा बढी छ ।