शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
Administrator
Posted on: Feb 21, 2012

फाल्गुन ८, काठमाडौं (अस) । मोदीखोला जलविद्युत् आयोजना बन्द हुने स्थितिमा पुगेको छ । मेशिनमा गम्भीर समस्या आएकाले आयोजना बन्द हुने स्थितिमा पुगेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य केपी दुलालले अभियानलाई बताए । १४ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाबाट हाल ३ मेगावाटमात्र विद्युत् उत्पादन भइरहेको छ ।

‘दुईओटा मेशिनमध्ये एउटा जसोतसो चलेको छ,’ दुलालले भने, ‘त्यो पनि बन्द हुने अवस्थामा पुगेको छ ।’ कोरियाको सहयोगमा सन् २००० मा सो आयोजनाको निर्माण सम्पन्न भएको थियो । आयोजनाको लागत करीब ३ करोड अमेरिकी डलर रहेको थियो । तत्काल मर्मत सुधार नगरिए आयोजनाबाट अहिले उत्पादन भइरहेको विद्युत् पनि कटौती हुने स्थिति रहेको स्रोतको भनाइ छ ।