शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
Administrator
Posted on: Feb 22, 2012

फाल्गुन ९, काठमाडौं (अस) । नेपाल राष्ट्र बैङ्कले सुन आयातको कोटा बढाएको छ । विवाहको मौसममा सुनको माग बढी भएकाले सुन आयातको कोटा दैनिक ५ किलो बढाइएको राष्ट्र बैङ्कका डेपुटी गभर्नर गोपाल काफ्लेले बताए । यसअघि प्रतिदिन १५ किलोमात्र सुन आयात गर्न पाउने व्यवस्था थियो । उनका अनुसार व्यवसायीहरुको मागलाई ध्यानमा राखेर असारसम्मका लागि सो कोटा थपिएको हो । यसअघि बैङक्ले प्रतिदिन १० किलोको कोटालाई बढाएर २०६७ पुस १२ गते १५ किलो पुर्याएको थियो ।

विवाहको मौसममा सुनको खपत दैनिक ४० किलो हुने गरेकाले थप कोटाको माग गरिएको नेपाल सुन चाँदी व्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । कोटा थपले केही राहत मिलेको उनको भनाइ छ । उनीहरुले माघको पहिलो साता सुनको कोटा थप गर्न बैङ्कमा निवेदन दिएका थिए ।