कात्तिक २१, काठमाडौं (अस) । मङ्गलवार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिर्जना फाइनान्सको कारोबार खुला गरेको छ । कम्पनीले नेप्सेलाई लाभांश सार्वजानिक गरेको स्पष्टिकरणपत्र पठाएपछि कारोबार खुला भएको हो । कम्पनी र नेप्सेबीच भएको सम्झौता अनुसार कम्पनीले आफ्नो शेयर मूल्यलाई असर पार्ने निर्णयहरु पहिला नेप्सेलाई जानकारी गराएर मात्र सार्वजनिक गर्नुपर्ने थियो । तर, कम्पनीले कात्तिक ६ गते नै आफूले ३२ प्रतिशत बोनस शेयर दिने कुरा सार्वजनिक गरिसकेको र कात्तिक १९ गते मात्रै नेप्सेलाई जानकारी गराएको भन्दै नेप्सेले काराबार बन्द गरेको थियो ।