Latest posts by सरु (see all)
काठमाडौं (अस) । महालक्ष्मी विकास बैङ्कले प्रदान गर्दै आएको ‘महालक्ष्मी साहित्य पुरस्कार’ चितवनका साहित्यकार धनराज गिरिले प्राप्त गरेका छन् । सोमवार आयोजित एक कार्यक्रमबीच डा. तुलसी भट्टराई र हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त रूपमा गिरिलाई पुरस्कार प्रदान गरेका थिए । उक्त समारोहमा वरिष्ठ कवि तीर्थ श्रेष्ठ, छन्दकवि राजेश्वरी काफ्ले, साहित्यकार दाहाल यज्ञनिधिलगायतलाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।
भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले २०५९ सालमा तत्कालीन यती फाइनान्सले स्थापना गरेको ‘यती फाइनान्स साहित्य पुरस्कार’ पुरस्कार महालक्ष्मी विकास बैङ्क र यती फाइनान्स मर्ज भई महालक्ष्मीको नाममा कारोबार शुरू भएसँगै २०७३ सालको १५औं शृङ्खलादेखि ‘महालक्ष्मी साहित्य पुरस्कार’का नाममा प्रदान गर्न थालिएको हो । यसै वर्षदेखि पुरस्कार राशि पनि १५ हजारबाट वृद्धि गरी २१ हजार १ रुपैयाँ पुर्याइएको छ ।