रूपन्देही (अस) । बुटवल उद्योग वाणिज्य सङ्घको २३औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । सङ्घको सभाहलमा आयोजित एक समारोहबीच निवर्तमान अध्यक्ष महेशमान सिंहले नवनिर्वाचित अध्यक्ष खिमबहादुर हमाललाई पद हस्तान्तरण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष हमालले बुटवललाई नेपालको आर्थिक राजधानी बनाउने दिशामा आवश्यक पूर्वाधार निर्माण, आन्तरिक एवम् बाह्य लगानी आकर्षण परिचालन, उद्यमशिलता विकास र रोजगारी सृजनाका लागि पहल गर्ने कर, राजस्व तथा भन्सार, स्थानीय तहसँग समन्वय र सहकार्य गरी व्यावसायिक लाभका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
सङ्घका पूर्वअध्यक्ष तथा यस क्षेत्रका बुद्धिजीवीसँगको समन्वय तथा सल्लाह सुझावअनुसार सङ्घ र समग्र बुटवलको आर्थिक उन्नतिका लागि खटिनेसमेत उनले बताए ।