कात्तिक २६, काठमाडौं (अस) । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चालू आवको पहिलो त्रैमासमा चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ । सोही अवधिमा कम्पनीको नाफा रू. २१ लाख ३६ हजार ऋणात्मक रहेको छ । अघिल्लो आवको सोही अवधिमा रू. ४ लाख २२ नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा रू. ३ करोड ५५ लाख निक्षेप संकलन गरी रू. २९ करोड ६१ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले सर्वसाधारणको लागि १ लाख ८० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।
रू. ७ लाख ९७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ३८ लाख ५४ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा ३ दशमलव ८६ प्रतिशत रहेको छ ।