कात्तिक २७, काठमाडौं (अस) । सिभिल बैङ्क लिमिटेडको हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस ५ गते बुक क्लोज रहेको छ । पुस ४ गतेसम्म शेयर खरीद गर्ने शेयरधनीहरुले हकप्रद शेयर खरीद गर्न सक्नेछन् । बैङ्कले १० बराबर ४ अनुपातमा रू. एक सय अङ्कित दरको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।