काठमाडौं (अस) । छिमेक लघुवित्त विकास बैङ्कले ४५ प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको हेटौंडामा हालै सम्पन्न १६औंं वार्षिक साधारणसभाले १९ दशमलव ८९ प्रतिशत बोनस शेयर र २५ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । काठमाडौंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यो लघुवित्त विकास बैङ्कले हाल ६२ जिल्लामा १ सय २४ शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।