Latest posts by सरु (see all)
मङ्सिर ४, काठमाडौं (अस) । सानीमा माई हाइड्रोपावरले अवितरित हकप्रद शेयर लिलाम बढाबडमा ल्याउने भएको छ । सानिमा हाइड्रोले साउन २७ देखि भदौ २९ गतेसम्म १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको १ लाख ४६ हजार ५ सय ९२ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य रू. सय तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । लिलामी शेयरमा मङ्सिर ११ देखि १९ गतेसम्म न्यूनतम सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा विक्री प्रबन्धकको काम सनराइज क्यापिटल ले गर्नेछ । आवेदकले विक्री प्रबन्धकको कार्यालय, काठमाडौं तथा काठमाडौं बाहिर सनराइज बैङ्कको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । चालू आवको पहिलो त्रैमासमा सानीमाल माईले रू. १५ करोड १९ लाख ८२ हजार नाफा आर्जन गरेको छ भने प्रतिशेयर आम्दानी रू. १४ दशमलव ४१ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ५० लाख रहेको छ ।