१ बराबर ४ अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति पाएको ग्रीन डेभलपमेण्ट बैङ्कको गत साताको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रह्यो । पहिलो व्यापार दिनदेखि चौथो व्यापार दिनसम्म सेतो मारोबोजु आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बढ्ने सङ्केत गर्छ । सोही कारण अन्तिम व्यापार दिनमा शेयरमूल्य बढेर कारोबार भई लङ्लेग्ड डोजी आकृति बनेको छ । यस्तो अवस्थामा बनेको आकृतिले घट्ने बढने कुनै निश्चित सङ्केत देखाउँदैन । यस्तो अवस्थामा लगानीकर्ताले बजारको अवस्था हेरेर लागानी गर्नुपर्ने हुन्छ । अन्तिम २ दिनमा कारोबार सङ्ख्या उच्च रहेको छ ।