मङ्सिर १०, काठमाडौं (अस) । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल प्रगति फण्ड–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ३७ रहेको छ । असोज मसान्तमा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ९ दशमल ९१ रहेको थियो ।
यस फण्डले ५८ ओटा सूचीकृत कम्पनीहरूमा कुल रू. ६० करोड ७३ लाख ७६ हजार ४ सय ८८ लगानी गरेको छ । त्यस्तै आइपीओ, एफपीओ लगायत सार्वजनिक निष्कासनमा रू. ६३ करोड ६५ लाख बराबरको लगानी गरेको छ ।
योजनाको बैङ्क मौज्दात रू. ७ करोड ४४ लाख रहेको छ । योजनाको प्राप्त भइसकेको आम्दानी रू. १ करोड ५५ लाख र प्राप्त नभइसकेको नोक्सानी रू. ६ करोड ४ लाख रहेको छ । कात्तिक मसान्तमा योजनाको कुल व्यय रू. ५ करोड ९ लाख रहेको छ । योजनाको व्यवस्थापक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।