मङ्सिर ११, काठमाडौं (अस) । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा इक्वीटी फण्डको १२ करोड इकाई मङ्गलवारदेखि विक्रीमा आउने भएको छ । फण्डले सो मध्ये १५ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैङ्कलाई राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारण लाई विक्री गर्न लागेको हो ।
यस इकाइ छिटोमा मङ्सिर १५ र ढिलोमा मङ्सिर २६ गतेसम्म विक्री खुला रहने छ । प्रतिइकाई रू.१० अङ्कित मूल्यको यस इकाईमा न्यूनतम १ सय र अधिकतम २४ लाखसम्मका लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
यस इक्वीटीको इकाई प्राथमिक बजारमा निष्कासन हुने हुनाले आश्वा प्रणाली मार्फत आवेदन अनिवार्य गरिएको छ । नेपाल धितोपत्र बोर्डले साउन देखिनै लागू हुने गरी आइपीओमा आस्वा प्रणाली अनिवार्य बनाएको हो ।