मङ्सिर १४, काठमाडौं (अस) । नेशनल माइक्रोफाइनान्सको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांशका लागि शुक्रवार बुक क्लोज गर्न लागेको हो ।
सो आधारमा मङ्सिर १५ गतेसम्म शेयर स्वामित्व भएका सदस्यहरूले यस कम्पनीको लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट घोषित उक्त लाभांश वितरणको प्रस्ताव पारितका लागि कम्पनीले मङ्सिर २७ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । हाल यस कम्पनीको चुक्तापूँजी रू. १२ करोड रहेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ९७ लाख २३ हजार नाफा आर्जन गरेको छ ।