Latest posts by सरु (see all)
मङ्सिर १५, काठमाडौं (अस) । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल १ को कात्तिक मसान्तसम्ममा प्रति इकाई खुद मूल्य रू. १० दशमलव ४७ पुगेको छ । सोही अवधिमा प्राप्त भइसकेको आम्दानी रू. १ करोड ८८ लाख र प्राप्त भई नसकेको नोक्सानी रू. २ करोड ९० लाख रहेको छ । नेपाल धितोपत्र बोर्डबाट २०७३ भदौ १४ गते सूचीकृत भएको यस योजनाले कात्तिक मसान्तमा कुल व्यय रू. ३३ लाख ६८ हजार पुर्याएको छ । सो अवधिमा बैङ्क मौज्दात रू. १८ करोड ८१ लाख रहेको छ ।
यस योजनाले नेपाल धितोपत्रमा सूचीकृत तथा अन्य लगानीमा गरेर रू. ८८ करोड ३१ लाख लगानी गरेको छ । असोज मसान्तमा यस योजनाले १३ वाणिज्य बैङ्कमा, १५ विकास बैङ्कमा, १ होटल, १२ इन्स्योरेन्स कम्पनीमा र नेपाल दूरसञ्चार कम्पनीमा गरि रू. ८३ करोड ४० लाख बराबरको सम्पति लगानी गरेको छ । यो योजनाको योजना व्यवस्थापन एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।