शेयरधनीहरूलाई १० बराबर ४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा मङ्सिर १३ गते निवेदन दिएको देवः विकास बैङ्कको गत साताको शेयरमूल्यमा उतारचढाव रह्यो । पहिलो व्यापार दिनमा ह्याङ्गिङ म्यान आकृति बनेको छ । यस आकृतिले शेयरमूल्य घट्ने सङ्केत गर्दछ । सोही कारण दोस्रो र तेस्रो व्यापार दिनमा मूल्य घटेको छ । पहिलो र चौथो व्यापार दिनमा कारोबार सङ्ख्या उच्च रहेको छ । अन्तिम व्यापार दिनमा ह्याम्मर आकृति बनेको छ ।