Latest posts by सरु (see all)
मङ्सिर १७, काठमाडौं (अस) । ए–वान फार्म प्रालिले औषधीय गुणयुक्त मोरिङ्गा वनस्पतिको विक्री शुरु गरेको छ । तराई क्षेत्रमा उत्पादन हुने सजिवन जस्तै देखिने बहुगुणी वनस्पति मोरिङ्गाको व्यवसायिक उत्पादन र प्रयोग नेपालमा पनि बढ्दै गइरहेको छ ।
कम्पनीले काभ्रेमा लैङ्गिकमैत्री अवधारणामा आधारित फार्म स्थापना गरी अर्गानिक विधीबाट मोरिङ्गा उत्पादन तथा विक्री वितरण गरिरहेको बताएको छ ।
के हो मोरिङ्गा ?
यो वनस्पतिमा भिटामिन ए, भिटामिन सी, क्याल्सियम, पोटासियम, आइरन, प्रोटिनलगायत मानव शरीरका लागि अत्यावश्यक मानिएका पोषक तत्वहरू पाइन्छ । यसका साथै थायमिन, राइबोफ्लोविन, नायसिन, कार्बोहाइड्रेट, फाइबर म्याग्नेसियम, फस्फोरस, जिङ्क जस्ता भिटामिन तथा खनिज पदार्थ यथेष्ट मात्रामा पाइन्छ । भिटामिनयुक्त अन्य खानेकुरामाभन्दा बढी मात्रामा यी तत्वहरू पाइने भएको हुँदा मोरिङ्गाको उच्च महत्व रहेको विज्ञहरू बताउँछन् ।
जोन हप्किन्स स्कूल अफ मेडिसिनका अनुसार कुपोषणलगायत एण्टी अक्सिडेण्ट, एण्टी ब्याक्टेरियल, एण्टी भाइरल एजेण्ट, डिटक्सिफाइङ एजेण्ट आदिको रुपमा यसले काम गर्दछ । साथै मोरिङ्गा छालाको क्यान्सर, ट्युमर, मधुमेह, उच्च रक्तचाप, थाइराइड, लिभर, ग्यास्ट्रिक, पखाला, युरिनरी ट्र्याक इन्फेक्सन, कमन कोल्ड आदि समस्यामा ज्यादै हितकारी देखिएको छ । एटलान्टाका पूर्वमेयर तथा संयुक्त राष्ट्रसङ्घका लागि पूर्वअमेरिकी राजदूत एन्ड्रयू योङ्गका अनुसार मोरिङ्गाले अतिकम विकसित देशमा विद्यमान कुपोषण र गरिबी निवारणमा महत्वपूर्ण योगदान दिएको छ ।
कसरी प्रयोग गर्ने ?
‘मोरिङ्गा ओलफेरा’का पोषणयुक्त पातहरू ताजा, पकाएर तथा सुकाएर खान सकिन्छ । साथै यसका पातलाई पाउडर बनाएर इच्छा अनुसार सुप, चियाको रुपमा प्रयोग गर्न सकिन्छ । यो वनस्पति अफ्रिका, एशिया, दक्षिण र मध्यअमेरिका, क्यारेबियन तथा ओसिनिया क्षेत्रमा पाइन्छ ।