कठमाडौं (अस) । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत बोनस शेयर तथा करबापतको नगद लाभांश दिने भएको छ । बैङ्कको शुक्रवार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
सभाले सञ्चालक समिति अध्यक्ष उत्तम भ्लोनले प्रस्तुत गरेको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ । पारति बोनसपश्चात् संस्थाको चुक्ता पूँजी १४ करोड ८ लाख ७५ हजार पुगेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तीर्थरत्न कोनाजोले बताए ।
साधारणसभाकै अवसरमा अध्यक्ष भ्लोनले ट्याब्लेट बैङ्किङ सेवाको उद्घाटन गरे । पोखरा लेखनाथ महानगरपालिका–२९ हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबी माइक्रोफाइनान्सले हाल देशका ३८ जिल्लामा ६७ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।