मङ्सिर १९, काठमाडौं (अस) । मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव १७ प्रतिशत घटेको छ । करीब आधा घण्टासम्म बढेको बजार त्यसपछि भने घट्न थालेको हो । परिसूचक १ घण्टाको व्यापारमा २ दशमलव ६६ अङ्कले घटेर १ हजार ५ सय २४ दशमलव ११ विन्दुमा पुगेको छ । होटल र बीमा समूह बाहेक बाँकी समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा ७९ कम्पनीको ७ सय १३ पटकको व्यापारमा रू. ७ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको हो ।
बीमा समूहको परिसूचक शून्य दशमलव १ प्रतिशत र होटलको शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार समूहको परिसूचक १ दशमलव शून्य २ प्रतिशत घटेको छ । साथै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ३३ प्रतिशत, जलविद्युतको शून्य दशमलव २२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ११ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव शून्य ७ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ६ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य १ प्रतिशतले घटेको हो । ‘अन्य’ समूह भने स्थिर रहेको छ ।