जनता बैङ्क नेपालले चालू आव २०७४÷७५ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार रू. ६ करोड ४८ लाख नाफा कमाएको छ । सोही अवधिमा बैङ्कको चुक्तापूँजी २ सय ३९ प्रतिशतले बढेर रू. ६ अर्ब ९९ करोड ३६ लाख र रिजर्भ कोषको रकम १ सय ७७ प्रतिशतले बढेर रू. १ अर्ब ८९ करोड पुगेको छ । बैङ्कले पहिलो त्रैमासमा रू. ५ करोड ८३ लाख खराब कर्जा उठाउको छ भने निष्क्रिय कर्जा १ दशमलव ६५ प्रतिशत रहेको छ । वैदेशिक मुद्रा विनिमयबाट रू. ४ करोड ३९ लाख ३० हजार आम्दानी गरेको छ । साथै बैङ्कले पूँजी वृद्धिका लागि १४ दशमलव ४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बर्गिकरण : कर्मशियल बैङ्क
पछिल्लो व्यापार मूल्यः रू. २४९
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ६००
५२ हप्ताको न्युन व्यापार मूल्यः रू. २२४
१८० दिनको औषत व्यापार मूल्यः रू. २६१.९६
कम्पनीको महत्वपूर्ण अनुपात :-
व्यवस्थापन समूह :-
अध्यक्ष : केशव बहादुर रायमाझी
प्रमुख कार्यकारी अधिकृत : परशुराम कुँवर क्षेत्री
प्रधान कार्यलय : थापाथली, काठमाडौं
शाखा : ९१
वेबसाइट : www.janatabank.com.np
स्टक टिकर : जेबिएनएल
बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरू (रू. हजारमा ) :-
महत्वपूर्ण अनुपात :-
लाभांश विवरण :-
आधारभूत विश्लेषण :-
बैङ्कको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७४/७५ आर्थिक वर्ष र २०७३/७४ आर्थिक वर्षबीच तुलना गर्दा :
- चुक्तापूँजीको तुलनामा खुद नाफा ३ दशमलव ११ प्रतिशतबाट घटेर शून्य दशमलव ९३ प्रतिशतमा सिमित भएकोे छ । बैङ्कको लगानी रू. ५ अर्ब ७९ करोड २८ लाख रहेको छ ।
- बैङ्कले पहिलो त्रैमाससम्ममा रू. ५२ अर्ब ३५ करोड ३४ लाख निक्षप सङ्कलन गरी रू. ४७ अर्ब ७३ करोड ६९ लाख कर्जा प्रवाह गरेको छ ।
- बैङ्कको खुद ब्याज आम्दानी रू. ३५ करोड ८४ लाख, कर्मचारी खर्च रू. १५ करोड ९० लाख, अन्य सञ्चालन खर्च रू. ११ करोड ४९ लाख र सञ्चालन नाफा रू. ४ करोड ११ लाख रहेको छ ।
- स्थिर सम्पत्ती २ सय ७५ प्रतिशतले बढेर रू. ७९ करोड २७ लाख र अन्य सम्पत्ती ८९ दशमलव ८३ प्रतिशतले बढेर रू. १ अर्ब ७५ लाख पुगेको छ ।
- बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १४ करोड ३८ लाख रकम छुट्याएको छ । पूँजी कोष लागत ७ दशमलव ९० प्रतिशत र पूँजी कोष पर्याप्तता १५ दशमलव ९९ प्रतिशत रहेको छ ।
- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार तरलता अनुपात २६ दशमलव शून्य ४ प्रतिशत, प्रति शेयर आम्दानी ३ दशमलव ७१, मूल्य आम्दानी अनुपात ६९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १ सय २७ दशमलव शून्य ६ रहेको छ । बुधवारको शेयर मूल्य नेटवर्थको करीब २ गुणा छ ।
प्राविधिक विश्लेषण :-
खरीद चाप : बैङ्कको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ८ गुणा बढी रहेको छ । सो अवधिसम्म ७४ हजार ८ सय ९३ कित्ता शेयर खरीद र ९ हजार १ सय ३० कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।
- बुधवार भएको शेयर कारोबार विवरणः
मैनबत्ती चित्र :-
६ सेप्टेम्बर २०१७ ६ डिसेम्बर २०१७
स्ट्याण्डर्ड डेभिएसन :-
६ सेप्टेम्बर २०१७ ६ डिसेम्बर २०१७
आरएसआई :-
६ सेप्टेम्बर २०१७ ६ डिसेम्बर २०१७
मुभिङ् एभरेज :-
६ सेप्टेम्बर २०१७ ६ डिसेम्बर २०१७
- मैनबत्ती विश्लेषणः बैङ्कको ५६ दिनको करोबारको अन्तिम दिनमा सेतो मारोबोजु आकृती बनेको छ । यस आकृतीले शेयर मूल्य बुलिशमा जाने देखाउँछ ।
- आरएसआईः बैङ्कको ५६ दिनको करोबारको न्यूट्रल जोन (५९ दशमलव शून्य ५ स्केल)मा छ । शेयर खरीद विक्री चाप सन्तुलनामा रहेको छ ।
- स्ट्याण्डर्ड डेभिएसनः बैङ्कको ५६ दिनको करोबारमा २ दशमलव ७८ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।
- मुभिङ एभरेजः बैङ्कको ५६ दिनको करोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदैँ गएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा, र २१ दिने मूल्यरेखाभन्दा माथि छ । हालको मूल्य रू. २ सय ४९ पछि बजारको अवस्था परिवर्तन गरी मूल्य महँगिएमा रू. २ सय ६१ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. २ सय ४२ मा टेवा पाउन सक्छ ।