मङ्सिर २४, काठमाडौं (अस) । ओम डेभलपमेण्ट बैङ्क लिमिटेडले सोमवारदेखि बाँडफाँटमा नपरेका आवेदकहरूको रकम फिर्ता गर्ने भएको छ । बैङ्कले गत बुधवार ४६ लाख ७९ हजार १ सय ६६ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । सो हकप्रदमा कायम हकभन्दा बढी शेयर माग गरि आएका आवेदकहरुको फिर्ता रकमको भुक्तानी सोमवारदेखि गर्न लागेको बैङ्कले जानकारी दिएको छ ।
बैङ्कले प्रति शेयर रू. १ सयमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद निष्काशन गरेको थियो । बैङ्कको विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।