ओरियण्टल होटलको गत साताको शेयरमूल्य बुलिश प्रवृत्तिमा रह्यो । ५ दिनको मैनबत्ती विश्लेषणले यस्तो देखाएको हो । पहिलो व्यापार दिनमा कालो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस आकृतिले शेयरमूल्य घट्ने सङ्केत देखाए तापनि मूल्य बढेर दोस्रो र तेस्रो व्यापार दिनमा सेतो मारुबोजु आकृति बनेको छ । चौथो व्यापार दिनमा कालो मारुबोजु आकृती बनेको छ । अन्तिम ब्यापार दिनमा कारोबार सख्या उच्च रहेको छ । सोही दिनमा सतो मारुबोजु आकृति बनेको छ । यस आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ ।