मङ्सिर २४ काठमाडौं (अस) । साताको पहिलो दिन नेप्से कारोबार भएको दुई घण्टाको अवधीमा शून्य दशमलव शून्य ९ प्रतिशत बढेको छ । कारोबार भएको पहिलो घण्टाको तुलनामा नेप्से घटेको हो । नेप्से १ दशमलव ३९ अङ्क बढेर १ हजार ५ सय ३७ दशमलव ९३ विन्दुमा पुगेको छ । यस समयमा कारोबार भएका १ सय ३६ कम्पनीको ३ हजार ३ सय ४९ पटकको व्यापारमा रू. ४५ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको प्रतिकित्ता रू. २ हजार २ सय २९ मा रू. १९ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । यस बैङ्कले १ सय प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेपछि शेयर कारोबार बढेको छ । कारोबार भएका ९ समूहको परिसूचकमा बैङ्किङ्, होटल र बीमा समूहको परिसूचक बढेको छ भने पाँच समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक स्थिर रहेको छ ।