फागुन १, काठमाडौं (अस) । चालू आवको दोस्रो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीले रू. ३७ करोड २५ लाख नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले बीमा शुल्क आर्जन बापत रू. ४९ करोड ७६ लाख आर्जन गरेको छ ।
कम्पनीको चुक्तापूँजी गत आवको तुलनामा २ गुणाले बढेर रू. २६ करोड ६६ लाख पुगेको छ भने जगेडा कोषको रकम रू. १ अर्ब ९८ करोड पुगेको छ । दोस्रो त्रैमासमा कुल दाबि भुक्तानी रकम रू. ३ करोड ४३ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १ सय ३९ दशमलव ७० रहेको छ ।