फागुन २, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको दोस्रो घण्टामा शून्य दशमलव २० प्रतिशत घटेको छ । पहिलो कारोबारमा बढेको बजार त्यसपछि दोस्रो घण्टासम्म आइपुग्दा २ दशमलव ७० अङ्क घटेर १ हजार ३ सय ७७ दशमलव ५९ विन्दुमा पुगेको छ ।
कारोबार भएका ९ समूहको परिसूचकमा बीमा समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो । नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको प्रतिकित्ता रू. १ हजार १ सयमा रू. ५ करोड ५० लाख बराबरको सर्वाधिक शेयर रकम कारोबार भएको छ ।
यस समयमा कारोबार भएका १ सय १७ कम्पनीको १ हजार ४५ पटकको व्यापारमा रू. १६ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ ।