काठमाडौं (अस) । नेपाल इन्भेष्टमेण्ट बैङ्कले ३२औं वाषिकोत्सवका अवसरमा आयोजना गरेको एनआईबीएल इण्टर–बैङ्क फुटसल प्रतियोगिताको उपाधि एनआईसी एशिया बैङ्कले जितेको छ । एनआईसी एशियाले इन्भेष्टमेण्ट बैङ्कलाई ट्राइब्रेक्ररमा हराउँदै उपाधि जितेको हो । काठमाडौंको सामाखुशीस्थित सामाखुशी फुटसलमा सम्पन्न प्रतियोगितामा एनआईसी एशियाका अनिल ढकाल उत्कृष्ट गोल किपर घोषित भए । प्रतियोगिताका विजयी टीमलाई नेपाल इन्भेष्टमेण्ट बैङ्कका सञ्चालकद्वय प्रजन्य राजभण्डारी र भुवनेश्वरप्रसाद शाहले खेल स्थलमै पुरस्कार वितरण गरेका थिए ।
‘प्ले फर फन’ नारासहित सञ्चालित प्रतियोगिातामा नेपाल इन्भेष्टमेण्ट नेपाल राष्ट्र बैङ्क, नेपाल बैङ्क, कृषि विकास, सनराइज, ग्लोबल आईएमई, माछापुच्छ्रे, सिटिजन इण्टरनेशनल, एनएमबी, नबिल, बैङ्क अफ काठमाण्डू, एनआईसी एशिया, कुमारी, मेगा र नेपाल एसबीआई बैङ्क सहभागी थिए ।
प्रतियोगिता जगदम्बा स्टील, सामसुङ मोबाइल, गोलस्टार शुज, वयोदा हस्पिटल, रेडबुल र ग्लोबल रिच कम्पनीले सहयोग गरेको बैङ्कले जानकारी दिएको छ ।