काठमाडौं (अस) । सङ्खुवासभामा महिन्द्राको शोरूम सञ्चालनमा आएको छ । अग्नि ग्रूपले सङ्खुवासभाको तुम्लिङटारमा मनराम मोटर्स नामक शोरूम सञ्चालनमा ल्याएको हो । शुक्रवार आयोजित एक कार्यक्रम अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुन शर्मा, मनराम ग्रूपका अध्यक्ष मनमाया श्रेष्ठ तथा सङ्खुवासभाका जिल्ला सभापति सुमन शाक्यले सामूहिक रूपमा उक्त शोरूमको उद्घाटन गरेका हुन् । उक्त शोरूममा महिन्द्राका मोटरसाइकल तथा स्कुटरका साथै गाडीसमेत उपलब्ध हुने बताइएको छ । शोरूममा पाटपुर्जा र सर्भिसिङ सेवासमेत उपलब्ध हुने बताइएको छ ।
सङ्खुवासभामा महिन्द्राको शोरूम
