फागुन ९, काठमाडौं (अस) । बुधवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशत घटेको छ । कारोबार शुरु भएदेखि घटेको बजार दोस्रो घण्टामा ६ दशमलव ७५ अङ्क घटेर १ हजार ३ सय ८९ दशमलव ९७ विन्दुमा पुगेको छ ।
कारोबार भएका १ सय १४ कम्पनीको ९ सय ७४ पटकको व्यापारमा रू. ८ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक तर्फको शेयर प्रतिकित्ता रू. १२ हजार ८ सय ५० मा रू. २ करोड ६४ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । कारोबार भएका आठ समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो ।