पर्वत (अस) । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका विपन्न किसानलाई बाख्रा वितरण गरिएको छ । रोट्र्याक्ट क्लब अफ पर्वतले आयआर्जनमा सघाउन भन्दै उनीहरूलाई बाख्रा वितरण गरेको हो । आर्थिक उपार्जनको कुनै माध्यम नभएका २५ किसानलाई प्रतिपरिवार एउटा बाख्रा वितरण गरिएको क्लबका अध्यक्ष मिलन पौडेलले जानकारी दिए । विभिन्न दातृ संस्थाको सहयोगमा बाख्रा वितरण गरिएको उनले बताए ।