काठमाडौं (अस) । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयमा नेपाल बैङ्कले एक्सटेन्शन काउण्टर स्थापना गरेको छ । आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको राजस्व सङ्कलनसम्बन्धी सेवा उपलब्ध हुने काउण्टरको उद्घाटन प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले उद्घाटन गरेका हुन् । सो अवसरमा नेपाल बैङ्कको कृष्णनगर शाखाका प्रबन्धक सुरेन्द्रप्रसाद यादवले उक्त काउण्टरबाट राजस्वसम्बन्धी सबै सेवा उपलब्ध हुने बताए ।