अभियान संवाददाता
माघ १९, काठमाडौं (अस) । सातामा सुनको मूल्य रू. ३ सय घटेको छ । आइतवार रू. ५७ हजार ९ सयमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार घटेर रू. ५७ हजार ६ सयमा किनबेच भएको हो ।
गत साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार ३ सय २६ दशमलव ८३ डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय २ रुपैँया ९८ पैसा रहेको छ । गत साता चाँदीको मूल्य रू. ५ बढेको छ ।
सोमवार सूनको मूल्य रू. १ सयले बढेको थियो । मङ्गलवार मूल्य रू. २ सयले घटेर रू. ५७ हजार ८ सयमा सिमित रहेको थियो । बुधवार रू. २ सयले घटेको मूल्य बिहीवार र शुक्रबार स्थिर रहेको थियो ।
आइतवार रू. ७ सय ४० रहेको चाँदीको मूल्य साता भरी घटबढ भएर अन्तिम दिन रू. ७ सय ४५ मा कारोबार भएको थियो ।
गत हप्ताको सुन चाँदीको मूल्य प्रतितोलामा