पर्वत (अस) । धवलागिरी अञ्चलको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागलुङ नगरपालिका–८, सर्वसिद्धिधाम पञ्चकोटमा महायज्ञ आयोजना गरिएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल नयनाचार्यको अगुवाइमा महायज्ञ आयोजना गरिएको हो ।
हालसम्म पञ्चकोटमा निर्माण सम्पन्न भएका संरचनाहरूका लागि १४ करोड रुपैयाँ खर्च भएको छ । अहिले गौशाला, अतिथि गृह, गरुडशिला, हनुमानको मूर्ति, गणेश मन्दिरलगायतका संरचना निर्माण भइसकेका छन् । १ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माणका लागि झण्डै २ सय करोड आवश्यक पर्ने भएकाले बुधवारदेखि महायज्ञको आयोजना गरिएको हो । विगत ४ वर्षदेखि वर्षेनि महायज्ञ आयोजना हुँदै आएको छ ।