फागुन १३, काठमाडौं (अस) । साताको पहिलो दिन नेप्से परिसूचक कारोबार भएको तेस्रो घण्टामा शून्य दशमलव ६५ प्रतिशत घटेको छ । यस समयमा ८ दशमलव ९७ अङ्क घटेर परिसूचक १ हजार ३ सय ७८ दशमलव शून्य १ विन्दुमा पुगेको छ ।
कारोबार भएका १ सय ३६ कम्पनीको २ हजार ५ सय २० पटकको व्यापारमा रू. २० करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक तर्फको शेयर प्रतिकित्ता रू. १२ हजार ९ सय ५० मा रू. ५ करोड बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । कारोबार भएका ९ समूहको परिसूचमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो ।