वसन्तपुरको तलेजु भवानी मन्दिरः वि.सं. २०७२ बैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको मन्दिरको पुनःनिर्माणको काम शुरु गरिएको लामो समयसम्म पनि सम्पन्न हुन सकेको छैन । ऐतिहासिक महत्वको सम्पदा पुनःनिर्माणको ढिलाइले पर्यटकीय क्षेत्र वसन्तपुरको आकर्षणमा कमी आइरहेको छ । तस्वीरः प्रदिप लुइटेल/आर्थिक अभियान