पाल्पा (अस) । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा तानसेनको टुँडीखेलमा सञ्चालित प्रदेशस्तरीय १२औं पाल्पा महोत्सव सकिएको छ । ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ भन्ने नारासहित फागुन ३ गतेदेखि सञ्चालन भएको मेला १२ करोड १० लाख रुपैयाँको कारोबार गर्दै सम्पन्न भएको हो ।
मेलाको करीब ३ लाख बढी दर्शकले अवलोकन गरेका आर्थिक व्यवस्थापन उपसमिति संयोजक दीपकप्रसाद पाण्डेले बताए । मेला समापन गर्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले ऐतिहासिक तथा पर्यटनको महŒव बोकेको जिल्ला पाल्पालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताए ।