फागुन १५, काठमाडौं (अस) । मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ४४ प्रतिशत बढेको छ ।
कारोबार भएको दोस्रो घण्टाको अवधिमा ५ दशमलव ९२ अङ्क बढेर परिसूचक १ हजार ३ सय ६४ दशमलव ८७ विन्दुमा पुगेको छ । कारोबार भएका ९ समूहको परिसूचकमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो ।
कारोबार भएका १ सय २९ कम्पनीको १ हजार ४ सय ८७ पटकको व्यापारमा रू. २८ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । प्रभु बैङ्क लिमिटेडको प्रतिकित्ता रू. २ सय २९ मा रू. ५ करोड ८६ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।